एमाले अध्यक्षमा भीम रावल र केपी ओली भिड्दै

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– नेकपा एमालेको दसौं महाधिवेशनमा अन्ततः चुनावी प्रक्रियाबाटै अध्यक्ष चयन हुने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फेरि अध्यक्ष बनाएर बन्दसत्रमा प्रस्तुत गरेको सूचीमा उपाध्यक्ष भीम रावलले असहमति जनाउँदै उम्मेदवारी दर्ता गरेका छन् ।

रावलले सोमबार बिहानै उम्मेदवारी दर्ता गरेका छन् भने ओलीले पनि केहीबेर अघि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us