एमालेमा पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।

वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us