तेस्रोपटक अध्यक्षको उम्मेदवार बन्न ओलीलाई खुल्यो बाटो

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १३:३६ मा प्रकाशित

चितवन, १२ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्षमा उम्मेदवार दिन नपाउने भएपछि एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ । गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि सो विधान फेरिएको हो ।

अहिले दसौँ महाधिवेशनमा ओली तेस्रोपटक सोही पदमा उम्मेदवार बन्दैछन् । तर, दुई महिनाअघि ओलीकै नेतृत्वमा विधान महाधिवेशनबाट पारित विधानले उनलाई तेस्रोचोटि अध्यक्ष पदमा उम्मेदवार बन्न रोक लगायो ।

हेर्नुहोस् विधान

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us