टेकुस्थित बागमतीमा गाडिएको अवस्थामा महिलाको शव फेला

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– काठमाडौंको टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडीएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले बताए ।

सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us