विश्वकप २०२२ पोर्चुगल र इटालीमध्ये एक टिमले मात्रै खेल्ने

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–  कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपमा इटाली र पोर्चुगलमध्ये एक टिमले मात्रै सहभागिता जनाउने भएका छन् ।

शुक्रबार भएको युरोपियन प्लेअफको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन् । यस्तोमा अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने तय भएको छ ।

इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us