त्रिभुवन विमानस्थलबाट सुनसहित एक पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १७:३० मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुनसहित पक्राउ परेका छन् । १ सय २४ ग्रामको सुनको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम ७ का २२ वर्षीय जिबन लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त सुन अबैध रुपमा लुकाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us