राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–  कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे ।

उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us