काँग्रेसको ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते ७:१२ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर–नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ ।

नेपाली  काँग्रेस  केन्द्रीय  निर्वाचन  समितिका  संयोजक  महादेवप्रसाद  यादवले  ६०  जिल्लाका  १४८  प्रतिनिधि  सभा  निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए ।

संयोजक यादवले भने, “६०  जिल्लामध्ये  मङ्गलबार  साँझसम्ममा  ४०  जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत  परिणाम  बुधबार  आउने  जानकारी  जिल्लाहरूबाट  प्राप्त  भएको छ ।”

यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य  सबै  जिल्लामा  मतदानमार्फत  नेतृत्व  चयन  भइरहेको  उहाँले  बताए  ।  नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशन  मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us