डोटी, १ मंसिर– डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ ।
डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो ।
दूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग कार्यालय डोटीको प्राविधिक सहयोगमा उक्त तालिम प्रदान गर्न लागिएको हो ।