१८४ किलो चरेससहित तीन पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक २७ गते १५:३६ मा प्रकाशित

चितवन, २७ कात्तिक– चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।

गोदमबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको साथै घटनामा सम्लग्न अन्यको भने खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us