११ दिने अभियानअन्तर्गत गोरखाका गाउँ–गाउँ पुगे भट्टराई

काठमाण्डु टुडे २०७८ कार्तिक २६ गते १०:५४ मा प्रकाशित

गोरखा, २६ कात्तिक– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई यसपालि ११ दिने अभियानअन्तर्गत आफ्नै गृहजिल्ला गोरखाका गाउँ–गाउँ पुगेका छन्।
चुनावकै बेलाजस्तै गरी भट्टराई जनताका घरदैलोमा पुगेका छन्।

उनी मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ।
भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us