
मकवानपुर, २५ कात्तिक– बाग्मती प्रदेशमा थप दुई मन्त्री थपिने भएका छन् । थपिएका मन्त्रीहरुको आजै सपथ ग्रहण हुने बताइएको छ ।
थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए। जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाउने बताइएको छ।