प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले राष्ट्रपति भण्डारीबाट लिए सपथ

काठमाण्डु टुडे २०७८ कार्तिक २५ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार(आज) सपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us