काठमाण्डु, १२ कात्तिक– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् ।
अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोके ।
इजलास बहिष्कार गर्नकै लागि न्यायाधीशहरूले बिहान साढे ११ बजेका लागि आन्तरिक छलफलको समय छुट्याएका छन् । जसका कारण शुक्रबार पनि इजलास बस्ने सम्भावना ज्यादै न्यून छ ।