शिक्षामन्त्री र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

काठमाण्डु टुडे २०७८ कार्तिक ११ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो ।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे ।

‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं,’ मन्त्री पौडेलले भने,‘ यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षा समेत गरेको छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us