काठमाण्डु, १० कात्तिक– देशभर थप पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८८० जनामा पोजेटिभ देखिएको छ ।
त्यस्तै ६ लाख ५१ हजार २४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर दुबै विधिको गरी हालसम्म ५० लाख ५४ हजार ९८३ जनामा परीक्षण गर्दा ९ लाख ५ हजार १८५ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।