प्रधानन्यायाधीशले आफूमात्रै रहने पेसीसमेत तोके

काठमाण्डु टुडे २०७८ कार्तिक १० गते ११:४१ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलाससहितको पेसी तोकेका छन् । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले बुधबार आफू मात्रै रहने पूर्ण इजलासमा पनि पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले बुधबारका लागि आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पनि पेसी तोकेका छन् ।

अन्य न्यायाधीशहरु इजलासमा नबसेपनि आफू एक्लै बस्न मिल्ने गरी प्रधानन्यायाधीश जबराले पूर्ण इजलास (प्रधानन्यायाधीश एक्लै बसेपनि) मा आफ्ना लागि ५ वटा मुद्दा राखेर पेसी तोकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us