विराटनगर, ९ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन् ।
प्रेस चौतरी मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने– ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’
उनले भने, ‘यस प्रकारका क्रियाकलाप सम्मानित सर्वोच्च अदालत जस्ता ठाउँमा हुनु हुँदैन । अदालत लोकतन्त्रको एउटा स्तम्भ हो ।’