सर्वोच्चका न्यायाधीशहरुबिच छलफल

काठमाण्डु टुडे २०७८ कार्तिक ८ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ । तर प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु फूलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बस्ने तयारीमा छन् ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग आइतबार छलफलपछि फूलकोर्ट बोलाएका थिए । तर, प्रधानन्यायाधीशले फूलकोर्ट बैठक बोलाएलगत्तै असन्तुष्ट १४ न्यायाधीशहरूले आफुहरु अनुपस्थित हुने आइतबारै बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us