नेपाल बारले भन्यो – प्रधानन्यायाधीशको राजीनामाको विषयमा कुनै छलफल भएको छैन

काठमाण्डु टुडे २०७८ कार्तिक ६ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक–  नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्वन्यायाधिश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधिश फोरमले मागेको राजिनामाबारे प्रधानन्यायाधीश आफैले सोच्नुपर्ने प्रतिक्रिया समेत दिए ।

उनले भने, ‘हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनु भएको छ । त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ । उहाँले सोच्नुपर्ने हो । हामीले त्यो फोरमको, पूर्व न्यायाधिशहरुको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आईसकेको छैन । हामी फरमल्ली त्यो अध्ययन गर्छौं । र त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन । राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us