बाढी – पहिरोमा परी मृत्यु भएका परिवारलाई २ लाख दिने कर्णाली सरकारको निर्णय

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

‘अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी कृषकहरुलाई क्षतिपुर्तिको व्यवस्था गरिने छ,’ प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले भनिन्, ‘पूर्णरुपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माण तथा पुनःस्थापना गरिनेछ । विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाइनेछ ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us