
काठमाण्डु, ३ कात्तिक– सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन् ।
दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन् ।
एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन् । कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक मानौं, कसैले रक्सी पिएर हल्ला गर्यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी रु यहाँ यस्तै घटना भएको छ । दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन् । उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ । यसो पिटेको खुत्रुक्कै गएछ ।’
दसैंको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक । करिब डेढ सय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन् । तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन । प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुटेर सख्त घाइते भएको खबर पाइन् उनले ।
हस्याङफस्याङ गर्दै ५७ वर्षीया विन्दु चितवन मेडिकल कलेज पुगिन्, जहाँ भीमबहादुरलाई लगिएको भनिएको थियो। अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चलेको सुनिन् । मनमा चिसो पस्यो । उनले अड्कल काटिन्, श्रीमानले संसार छाडेछन् । त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन् ।
सबैको घरमा दसैंको रौनक छाएको बेला विक परिवार शोकमा डुबेको छ । न्यायका लागि हारगुहार गरिरहेको छ । प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिले प्रहरीमा दिएको बयानअनुसार भरतपुर–४, दुर्गा चोकमा भीमहादुरलाई औषधि व्यवसायी दिलीप श्रेष्ठले थप्पड हानेका थिए । भुइँमा पछारिएका उनको केहीबेरमा ज्यान गयो । अन्नपूर्ण पाेस्टबाट