बाढीपहिरोबाट १६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ कार्तिक ३ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ ।

पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन् । बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन् ।

वर्षाले जनजीवन पनि प्रभावित भएको छ । बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन् । बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ । बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन् ।  नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us