नुवाकोटमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक – नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।

काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us