अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको छः थापा

काठमाण्डु टुडे २०७८ असोज २५ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, २५ असोेज– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन साथै  बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको समेत बताएका छन् । सोमवार काठमाडौँमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

अध्यक्ष थापाले भने, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाई हामी सबैलाई थाहा नै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक विहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको छ, नेपाल बाह्य शक्तिहरूको रणनीतिक थलो बनेको छ, युरोप, अमेरिका, चीन र भारतहरूको रणनीतिक थलो नेपाल बन्दै गइरहेको छ, चाहे एमसीसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्त्वपूर्ण निर्णयहरूमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढ्दै गइरहेको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us