काठमाण्डु, २४ असोज– बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ। अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको कार्यसूची रहेको छ। भदौ दुईमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छिन्।
बागमती प्रदेश सभामा एक सय नौ सदस्य छन्। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ। हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन्। उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ।