पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयोः प्रचण्ड

काठमाण्डु टुडे २०७८ असोज २३ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, २३ असोज– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजेन्द्र हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाइएको बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले  सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था भएको स्पष्ट पारे । ‘यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ’ उनले भने, ‘यो नयाँ कुरा होइन ।’

अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनबिना एमसिसी पास नहुने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रिय सहमति र परिमार्जनबिना यो पास हुन सक्दैन ।’ संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै दाहालले भने, ‘पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us