जेलमा शाहरुखका छोरा आर्यन, अरुले जस्तै नियम पालना गर्नुपर्ने

काठमाण्डु टुडे २०७८ असोज २३ गते १०:१० मा प्रकाशित

काठमाण्डु, २३ असोज– बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ ।

किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन ।

सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ ।

जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us