अपरान्ह मन्त्रीहरुको शपथको हुने

काठमाण्डु टुडे २०७८ असोज २२ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, २२ असोज– काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टी नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४÷४ मन्त्री पाउने छन् भने काँग्रेसबाहेक सबैले मन्त्रीको टुंगो लगाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us