एमालेमा ७० वर्षेको व्याख्याले ओलीलाई सहज

काठमाण्डु टुडे २०७८ असोज १७ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, १७ असोज– नेकपा (एमाले)मा ७० वर्षे प्रावधानको स्पष्ट व्याख्या भएको छ। आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको आइतबार जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई स्पष्ट पारेका हुन्।

७० वर्षे भनिए पनि एमालेमा अलमल थियो। ७० छोएपछि हो कि पूरा भएपछि हो भन्ने विवाद अलमल रहेको भन्दै पौडेलले त्यसको व्याख्या गरेका हुन्।

ुकुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभर आफ्नो पदमा रहेर कार्य गर्न पाउने खालको व्यवस्था गर्नुपर्छ,ु उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us