काठमाण्डु, १४ असोज– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागबन्डा आजभोलि नै टुंगो लाग्ने बताएका छन्। बिहीबार सहिद प्रतिष्ठान नेपालको १२औं साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘अहिले गठबन्धनको सरकार छ। हामीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौं,’ उनले कार्यक्रममा भने, ‘बाँकी मन्त्रालयको टुंगो पनि आजभोलि मै लाग्छ।’ उनले जनआन्दोलन र ुजनयुद्धुका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया गठबन्धनको सरकारले अघि बढाइसकेको बताए।
‘हिजो म हुँदा गरेको निर्णय राजपत्रमा प्रकाशित गर्ने काम नगरेर समस्या गरियो,’ उनले भने, ‘त्यो बेला बदनियत राखेर कसले गल्ति काम गरेर समस्या भयो। तर, अहिले गठबन्धनको सरकार छ। त्यसबाट हामीले निर्णय गराउँछौं।’