माधव नेपालकाे स्वास्थ्यमा समस्या, भेटघाटका कार्यक्रम बन्द

काठमाण्डु टुडे २०७८ असोज १३ गते १०:४३ मा प्रकाशित

काठमाण्डु, १३ असोज– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। नेपाल दम्पतीलाई रुघा खोकी लगायतको समस्या देखिएको उनले जानकारी दिए।

पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ आएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us