काभ्रे फेस्ट सिजन २ भव्यता का साथ सम्पन्न !

काठमाण्डु टुडे २०७८ असोज १२ गते ११:०७ मा प्रकाशित

काभ्रे, १२ असोज– काभ्रेको बनेपामा एल एंड एन मोडेल एजेन्सीले भर्खरै आफ्नो अर्को कार्यक्रम “काभ्रे फेस्ट सिजन–२” भव्यताका का साथ् सम्पन्न गरेको छ। उक्त कार्यकम असोज को ९ गते बनेपाको अरनिको पार्टी भेनुमा पनौती नगरपालिकाका नगर प्रमुख मेयर भिम न्योपानेको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो।

काभ्रे फेस्ट सिजन २” को उपाधि मिस सुजाता तिमल्सिना र प्रेरणा तामांग ले हासिल गरेका छन् भने आचल अधिकारी प्रथम,सेलिना श्रेष्ठ दोस्रो र अनुभव श्रेष्ठ तेस्रो भएका छन् साथै अन्य सबैले विभिन्न विधामा उपाधि हासिल गरेका छन्।

यस कार्यक्रममा अथिति समाज सेवी ,युवा राजनीतिज्ञ का साथै ब्यबसायी रत्न कुश रंजितकार ,सौन्दर्य कलाकर्मी रुश्का बैद्य ,तुलिप होम का संचालक मायाँक राज्गदिया , राष्ट्रिय मोडलिङ् संघका अध्यक्ष दिनेश शाही ,गायक सुनिल कटुवाल ,गायिका श्रद्धा प्रसाई ,गायिका प्रशना पाण्डे ,प्रकाश बोलखेका उपस्थिति रहेका थिए ।

काभ्रे फेस्ट,युवा युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटीको प्रतिस्पर्धा हो,जहा बिबाहित अबिबाहित ,महिला पुरुष दुवैले गरि अन्तिममा १६ जनाले र्याम्प वालक गरेका छन्। उक्त कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ब्रेवेरी (टुबोर्ग) ,सह प्रायोजक भीनि नेपाल (फोग्ग) ,तुलिप होमे अपलाइन्सेस , रोयल्स त्याग (विसकि), मेटस वाइन,नेबिको बिस्कुस्ट्स नेपाल ,सिल्क हेयर , रोयल लाउन्ज बार र प्राइम नुडल्स फुड्स (म्यारोन) रहेको थियो ।

बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट सिजन २” अन्तिम चरण विभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार कोभिड–१९ स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डको पालना गरि सम्पन्न गरिएको छ।

सोही कार्यक्रमको उद्घोषन अनुष्का नेपालले गरेकी छिन् भने यस एल एंड एन मोडेल एजेन्सीका कार्यकरी निर्देशक नितिन कायस्थले जानकारी दिएका छन् । कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डेका साथै उक्त कार्यक्रममा कोरियोग्राफि संगीता श्रेष् ले गरेकी थिइन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us