लागु औषध सहित दुइ युवक पक्राउ

काठमाण्डु टुडे २०७८ असोज ११ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, ११ असोज – काठमाडौंको ज्ञानेश्वरबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ हुनेमा नवलपरासी पश्चिम घर भएका २१ वर्षीय सौरभ लम्साल र मोरङको उर्लाबारी घर भएका ३३ वर्षीय संगम तामाङ छन् ।लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले संगमको साथबाट ३० ग्राम र लम्सालको साथबाट दशमलव ५ ग्राम हेरोइन बरामद गरेको छ ।

भदौ १६ मा ब्यूरोले पाँचथर घर भएका लक्ष्मी विकलाई १३० ग्राम हेरोइन सहित पक्रेको थियो । लम्साल पनि लक्ष्मी बिकसँगै मिलेर लागु औषध कारोबार गर्ने समूहको सदस्य भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बसुन्धारा बस्ने लम्सालको बयानका आधारमा काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने संगम पक्राउ परेका हुन् । सौरभले आफुले संगमबाट लागु औषध किनेको प्रहरीलाई बताएका छन् ।

उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप लिएर अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us