नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकमा झडप, वडा अध्यक्ष घाइते

काठमाण्डु टुडे २०७८ असोज ११ गते १७:१२ मा प्रकाशित

बाँके, ११ असोज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा खर्चका विषयलाई लिएर झडप भएको छ ।

सोमबार दिउँसो वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएको हो ।

उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बोर्डको खर्चको बिषयलाई लिएर विवाद भएको, साथै उनले यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रुपमा खर्च नभएको वडा अध्यक्षहरुले बताएपछि विवाद भएको बताइन् ।

बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच तानातान भएको थियो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us