मधेसले कार्यकारी पदहरुमा दाबी गर्नुपर्छः देबकोटा

काठमाण्डु टुडे २०७८ असोज ११ गते ११:०८ मा प्रकाशित

जनकपुर, ११ असोज– अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष दिपक देवकोटाले मधेशलाई कार्यकारी पद दाबी गर्न सुझाव दिएका छन् । प्रदेश नम्बर २ को जनकपुरमा आइतबार भएको प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्दै देबकोटाको यस्तो भनाई राखेका हुन ।

परम्परगत शक्तिहरुले मुलुकको कार्यकारी पदहरुमा मधेशलाई संधै शंका गर्ने गरेको भन्दै देवकोटाले भने, ूगणतन्त्रपछि नेपाली समाजको सोच्ने तरिकामा बदलाव आएको छ । मुलुकको पहिलो राष्ट्रपतिमा मधेसको छोरोले अवसर प्राप्त गरे ।ू

मधेसले माओवादी पार्टीलाई दुःख र अप्ठेरोमा सँधै भरोषा प्रदान गरेको भन्दै उनले अगाडि भने, ूअखिल (क्रान्तिकारी)मा पनि तपाईंहरु अध्यक्ष महासचिवजस्ता पदहरुमा दाबी पेस गर्नुस्, महिला, मधेस र बहिष्करणमा परेका सबै क्षेत्र, समुदाय र भुगोललाई राज्यको मूलधारमा स्थापित गर्ने माओवादी अभियान पूरा भइसकेको छैन ।ू

पूर्वमन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाह, नेता बिश्वनाथ शाह महेन्द्र पाशवान, प्रदेश २ आन्तरिक माामिला तथा संचारमन्त्री भरत शाहसहित नेताहरु अजय शंकर नायक, श्रवण बरबरिया दिलीप शाह र ओहिद अनसारीले शुभकामना मन्तब्य राखेको कार्यक्रमलाई विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का तर्फबाट उपाध्यक्ष रबिकिरण यादब, उपमहासचिव जीपी मैनाली, सचिव गजेन्द्र देवसहित पूर्व विद्यार्थी नेता ओहिद अन्सारीले सम्बोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us