त्रिशुलीमा कार दुर्घटना, तिन जना बेपत्ता

काठमाण्डु टुडे २०७८ असोज ८ गते १०:२३ मा प्रकाशित

काठमाण्डु, ८ असोज – काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ ।

गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको साथै कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले बताए ।

कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी भइरहेको एसपी अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us