गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज ६ गते १०:३९ मा प्रकाशित

गुल्मी, ६ असोज – गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो ।

स्थानिय बासिन्दाका अनुसार ‘मुस्किलले एउटी छोरी र बाबु आमालाई बचाउन सफल भयौँ,तत्काल गुहार दिने कोही भएन । केही बेर पछि नजिकै रहेको नेपाल प्रहरी नेपाली सेना लगायत आएर शवहरू निकालेका थिए  ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले गए राति नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शव निकालेर परिवार र छिमेकीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us