विश्व बैङ्कको थप सहयोग र सहकार्यको अपेक्षा छः अर्थमन्त्री शर्मा

काठमाण्डु टुडे २०७८ असोज ४ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, ४ असोज – अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैङ्कबाट नेपाललाई थप सहयोगको आवश्यकता भएको बताएका छन् ।

‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानतर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैङ्कको थप सहयोग र सहकार्यको अपेक्षा छ’ उनले भने ।

सोमबार मन्त्रालयमा विश्व बैङ्कको प्रतिनिधि मण्डलसँगको भेटमा बैङ्कले नेपाललाई गर्दै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको  शर्माले बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us