धनुषा, ४ असोज – पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा दुई आमा , छोराको शव फेला परेको छ ।
सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा–२ स्थित धरमपुरमा महिला र एक बालकको पोखरीमा शव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका अन्दाजी ४ वर्षीय छोरा कुश कुमार सिंहको शव फेला परेको साथै प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडी बढाएको बताएको छ ।