सिंह र सायमीकाे सरकारबाट विभूषण नलिने घोषणा

काठमाण्डु टुडे २०७८ असोज ३ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, ३ असोज – पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकार बाट विभूषण नलिने घोषणा गरेका छन् ।

संविधान दिवसको अवसरमा सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र  सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

तर, वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ । यस्तै पत्रकार हरिबहादुर थापाले पनि सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् । यस्तै सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us