काठमाण्डु, ३१ भदौ – नेपालमा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ११ हजार पुगेको छ ।
बिहिबार ११ जनाको मृत्यु भए सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालएका अनुसार अहिले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर १.५ प्रतिशत छ ।