पदका लोभीहरुले आफनो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेका छन्ः रावल

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १७:४९ मा प्रकाशित

धनगढी, २९ भदौ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पदका लोभीहरुले आफ्नो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेको तर, वास्तविकता त्यस्तो नभएको बताएका छन् ।

मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले भने, ‘१० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ’ उनले भने, ‘केही स्वार्थी पदका लोभीहरुले आफनो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेका छन् त वास्तविकता त्यस्तो होइन ।’
उनले मदन भण्डारीले उठाएको राष्ट्रवादको झण्डा आफुहरुले उठाइरहेको दाबी समेत गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us