माधव नेपालले फाइदा लिनुसम्म लिएः ओली

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर गएका माधव नेपालले एमालेबाट फाइदा लुटेको आरोप लगाएका छन् ।

मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।

‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे’, ओलीले विगत सम्झँदै भने, ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ? प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो ? के फेरि पार्टी रसातलमा पुर्‍याउन ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us