प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति नभई मुलुक उभों लाग्दैनः पञ्चा सिंह

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १५:४३ मा प्रकाशित

 धनगढी , २९ भदौ – अखिल(क्रान्तिकारी) उपध्यक्ष पञ्चा सिंहले प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति  नभई मुलुक उभों नलाग्ने जिकिर गरेका छन्  ।

कैलाली अखिल(क्रान्तिकारी)को २० ओैं जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष सिंहले सो जीकीर गर्नुभएको हो ।

मंगलबार धनगढीको उधोग बाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा नेता सिंहले भने, ू मुलुकको राजनितीमा विभिन्न दल र तिनका कयौं पात्रहरुलाई ठूला ठूला कुर्सीमा राख्ने प्रयोग भइसकेको र त्यसैको पछिल्लो कडीको रुपमा केपी ओलीलाई कुर्सीमा पुर्याइएको तर त्यसले जनतामा केबल निराशा मात्र पैदा गरेको उनको भनाई थियो ।ू

ूओली वालुवाटार छिरेपछि हाम्रा समृद्दिका एजेण्डहरु मजाकको बिषय मात्र बने ।ू जसले यो मुलुकको राजनितिक परिवर्तनको नेतृत्व गर्यो उसैलाई रोक्न खोज्दा राजनितीले पछाडीको बाटो समात्न खोजेको भन्दै सिंहले भनिन अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थी तिर धकेल्ने सारा प्रयासहरु असफल हुने र प्रचण्डले पहिलो कार्यकारी राष्ट्रपतिको रुपमा गणतन्त्र नेपालको नेतृत्व गर्नेछन ।

माओवादी क्रेन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी केन्द्र कैलालीका अध्यक्ष लाल बहादुर सोडारी ुदर्शनु पुर्व सांसद हरि ज्ञवाली सहित अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनाली , केन्द्रिय सचिव मदन भुल र भिम भट्ट ,केन्द्रिय नेताहरु ,डम्बर भट्टराइ सहित पुर्व विद्यार्थी नेता रमेश धामी र रमेश भट्टराइले शुभकामना मन्तव्य  राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us