विराटनगर, २८ भदौ– नेकपा (एकीकृत समाजवादी)को प्रदेश नम्बर १ को संसदीय दलको नेता राजेन्द्र राई चयन भएका छन्।
प्रदेश सभामा भोजपुरबाट निर्वाचित राई दलको नेता चयन भएको र प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी आज प्रदेश सभा सचिवालयलाई दिने तयारी रहेको उक्त दलले जानकारी दिएको छ।
‘शनिबारको बैठकबाट नै हामीले उहाँलाई दलको नेता चयन गरेका छौं। आज प्रदेशसभामा त्यसको र सरकारलाई समर्थन नरहेको जानकारी सहितको पत्र पठाउने छौं,’ सांसद उपेन्द्र घिमिरेले भने।
प्रदेश नम्बर १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सांसदले सनाखत गरेका थिए। उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो