अबको निर्वाचनमा दक्षिणपन्थी र प्रगतिशिल क्याम्पबीच प्रतिस्पर्धा हुन्छः मैनाली

काठमाण्डु टुडे २०७८ भदौ २० गते १०:३७ मा प्रकाशित

चितवन २० भदौ– अखिल (क्रान्तिकारी)का प्रवक्ता एबं उपमहाचिव जीपी मैनालीले आउने निर्वाचनमा दक्षिणपन्थी र प्रगतिशिल क्याम्पहरुबीच पतिस्पर्धा हुने बताएका छन ।

शनिबार चीतवनको इच्छाकामनामा भएको वाइसिएल र अखिल (क्रान्तिकारी)को संयुक्त सम्मेलनलाई बिशेष अतिथीको रुपमा सम्बोधन गर्दै नेता मैनालीले सो कुरा बताएका हुन ।

आगमी निर्वाचनमा केपी ओली ,कमल थापा लगायतका पछिल्लो परिवर्तन बिरोधी शक्ति र काँग्रेस सहित ,माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपा लगायत मलुकका परिवर्तन पक्षधर शक्तिका बीच प्रतिस्पर्धा हुने भन्दै मैनालीले भने , ूअबको निर्बाचनमा पछिल्लो परिवर्तनको स्वामित्व लिन नचाहने दक्षिणपन्थी नबढारिए परिवर्तनका उपलब्धि जोगाउन संभव छैन । पछिल्लो चुनावमा मुलुकका वाम र गैरवाम जनमतकाबीच प्रतिस्पर्धा भएको थियो अब आउने चुनाव मुलुकका सबै प्रगतशिल शक्तिहरु एक ढिक्का भएर दक्षिणपन्थी मोर्चासँग भिड्ने छ र त्यसको नेतृत्व कमरेड प्रचण्डले गर्नेछन ।ू

गणतन्त्र सहित जनताले रगत बगाएर ल्याएको व्यवस्था रक्षा गर्ने दायित्व मुलुकक तिन करोड जनताको जिम्मेवारी भएको उनको धारणा थियो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसयल इन्चार्ज रामप्रसाद सापकोटा ददीपशिखा प्रमुख बक्ता रहेको कार्यक्रममा वाईसिएलका निवर्तमान सचिव द्वय दिवस पाण्डे र केयर सिंह कुवर वाइसियल लुम्बिनी प्रदेश संयोजक जीतेन्द्र पुन ुफेमसु वाइसियल केन्द्रिय नेताहरु अखिल शाही ,सन्तोष पनेरु ,साजन अधिकरि सहित मधु न्यौपाने एबं अखिलक्रान्तिकारी नेताहरु बसन्त आचार्य र अभिनाश रम्तेलले शुभकामना मन्तब्य राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us