थप २,०६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ भदौ ११ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– देशभर पछिल्लो २४ घण्टामा थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ। सोहि अवधिमा २,३३७ जना संक्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us