माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

काठमाण्डु टुडे २०७८ साउन १९ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, १९ साउन– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर उनकै निवास पुगेका छन् ।

मंगलबार बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ। कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता भएको हो।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। उनीहरूले आज बिहान करिब एक घन्टा कुराकानी गरेका थिए।

गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेका बेला प्रचण्डले नेता नेपाललाई भेटेका छन्।

सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेता नेपाल उपस्थित थिएनन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us