काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

काठमाण्डु टुडे २०७८ साउन १४ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, १४ साउन– सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ ।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताए ।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us